आ. व.२०७२/७३ को प्रथम सात महिना (श्रावण – माघ) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७२/७३ को प्रथम सात महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४.६ प्रतिशतले ह्रास आर्ई रु.३७७.९३ अर्व रहन गएको छ। कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ९.६ प्रतिशत र ९०.४ प्रतिशत रहेको छ। समीक्षा अवधिमा नेपालको कुल निकासी २८.७ प्रतिशतले ह्रास आई रु ३६.३३ अर्व तथा कुल पैठारीमा २४.२ प्रतिशतले ह्रास आई रु. ३४१.६० अर्वमा सीमित हुन पुगेको छ। आ.व. २०७१/७२ को प्रथम सात महीनाको अवधिमा निकासी― पैठारी व्यापारको अनुपात १:८.८ भएकोमा आ.व. २०७२/७३ को सोही अवधिमा निकासी― पैठारी व्यापारको अनुपात १:९.४ रहन आएको छ।
FY 2072-73 First seven month.doc
FY 2072-73 First seven month data.xls