आ. व.२०७०/७१ को प्रथम एघार  महिना (श्रावण– जेष्ठ) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति  
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व.  २०७०/७१ को प्रथम एघार महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो  वर्षको सोही अवधिको तुलनामा १८.५ प्रतिशतले वृद्धि भई रु.७३०.८१ अर्व  पुगेको छ। कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ११.२ प्रतिशत र  ८८.८ प्रतिशत रहेको छ। समीक्षा अवधिमा नेपालको कुल निकासी १७.२ प्रतिशतले   वृद्धि भई रु ८१.८२ अर्व तथा कुल पैठारीमा १८.७  प्रतिशतले वृद्धि भई रु.  ६४८.९९ अर्व पुगेको छ। आ.व. २०६९/७० को प्रथम एघार महीनाको अवधिमा निकासी―  पैठारी व्यापारको अनुपात १:७.८ भएकोमा आ.व. २०७०/७१ को सोही अवधिमा पनि  निकासी पैठारी व्यापारको अनुपात १:७.९ पुगेको छ।  
 
Download file for more information: