महत्वपूर्ण व्यावसायिक व्यक्ति (CIP) को सूची उपर दावी विरोध गर्ने सम्वन्धी सूचना



नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
पुल्चोक, ललितपुर ।

महत्वपूर्ण व्यावसायिक व्यक्ति (CIP) को सूची उपर दावी विरोध गर्ने सम्वन्धी व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, पुल्चोकको सूचना

(प्रथम पटक प्रकाशित मिति २०७६/०३/२३)

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार महत्वपूर्ण व्यावसायिक व्यक्ति (Commercially Important Person -  CIP) छनौट, सम्मान एवम् सुविधा सम्बन्धी कार्यविधि–२०७४ ले तोकेबमोजिम राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन यस क्षेत्रमा संलग्न उत्कृष्ट निर्यातकर्ता, विदेशी आयातकर्ता, लगानीकर्ता, रोजगारदाता तथा व्यवसायीहरुलाई सम्मान र कदर गर्न सो कार्यविधिको दफा ९ र १० को प्रयोजनको लागि CIP सम्मान प्राप्त गर्न सक्ने सम्भाव्य उद्योगी/व्यवसायी एवम् सम्वन्धित संस्थाहरुको नाम तथा आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को कारोवार सहितको विवरण खोली देहाय बमोजिमको सूची प्रकाशित गरिएको छ ।  उक्त सुची उपर कसैको दावी विरोध भएमा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र यस केन्द्रमा आईपुग्ने गरी केन्द्रको वेभसाइटमा रहेको तोकिएको ढाँचामा प्रमाण सहित निवेदन दिनु हुन र म्याद भित्र दावी विरोध नपरेमा यस कार्यविधिको प्रावधान अनुसार सिफारिश गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Notice for Claim on CIP Award List 2076_3_22.pdf

Format of application for Claim on CIP.pdf