Interaction program with Honorable Minister of Gandaki Province


गण्डकी प्रदेशको उत्पादन सम्भावना, निकासी अभिबृद्धि र अन्तर प्रादेशिक व्यापार विस्तार एवं प्रवद्र्धन गर्न गण्डकी प्रदेशका माननीय उद्योग ,पर्यटन, वन तथा वातावरण मन्त्रीसंगको बैठक एवं छलफल कार्यक्रम सम्पन्न ।

गण्डकी प्रदेशका माननीय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको कार्यकक्षमा २०७५/०९/२९ गते गण्डकी प्रदेशमा  उत्पादित वस्तु ,सेवा र लगानीका अवसरहरुको पहिचान, आयात प्रतिस्थापन गर्न सक्ने सम्भावित वस्तुहरुको निर्कौल साथै प्रदेशमा उत्पादित वस्तु तथा सेवाले निर्यात प्रवर्द्धन तथा अन्तर प्रादेशिक व्यापार अभिवृद्धिमा खेल्नु पर्ने भुमिका सम्बन्धमा केन्द्रले चालु आ.ब. २०७५/७६ मा नेपाल सरकारबाट स्वीकृत कार्यक्रम अनुसार सञ्चालन गर्न लागेको अध्ययन अनुसन्धान बारे विस्तृत रुपमा छलफल भयो ।

Interaction with Honorable Minister of Gandaki Pradesh.pdf