Foreign Trade Statistics of Nepal [First four months (Shrawan-Kartik) of Fiscal Year 2076-77]


नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र पुल्चोक, ललितपुर ।

आ. व.२०७६/७७ को प्रथम चार महिना (श्रावण–कार्तिक) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति :

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७६/७७ को प्रथम चार महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.२ प्रतिशतले ह्रास आई  रु.४८६.५८ अर्बमा सीमित हुन पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.५ प्रतिशत र ९२.५ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी २३.९ प्रतिशतले  वृद्धि भई रु ३६.२८ अर्व तथा कुल पैठारीमा ६.९  प्रतिशतले ह्रास आई रु. ४५०.३० अर्बमा सीमित भएको छ । आ.व. २०७५/७६ को प्रथम चार महीनाको अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १ः१६.५ रहेकोमा आ.व. २०७६/७७ को सोही अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १ः१२.४ रहन आएको छ ।

First Four Month 2076_77_abstract.pdf

Four Months 2076_77_tables.pdf