Foreign Trade Statistics of Nepal [First five months (Shrawan-Mangsir) of Fiscal Year 2076-77]


नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र पुल्चोक, ललितपुर ।

आ. व.२०७६/७७ को प्रथम पाँच महिना (श्रावण-मार्ग) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति:

भंसार विभागबाट प्राप्त प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७६/७७ को प्रथम पाँच महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.४ प्रतिशतले ह्रास आई  रु.६२८.८७ अर्बमा सीमित हुन पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.६ प्रतिशत र ९२.४ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी २७.० प्रतिशतले  वृद्धि भई रु ४७.६२ अर्व तथा कुल पैठारीमा ४.२  प्रतिशतले ह्रास आई रु. ५८१.२६ अर्बमा सीमित भएको छ । आ.व. २०७५/७६ को प्रथम पाँच महीनाको अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १:१६.२ रहेकोमा आ.व. २०७६/७७ को सोही अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १:१२.२ रहन आएको छ । 

First Five Month 2076_77 abstract.pdf

First Five Months 2076_77 tables.pdf