Foreign Trade Statistics of Nepal [First eight months (Shrawan-Falgun) of Fiscal Year 2075-76]


नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र पुल्चोक, ललितपुर ।

आ. व.२०७५/७६ को प्रथम आठ महिना (श्रावण–फाल्गुण) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७५/७६ को प्रथम आठ महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.४ प्रतिशतले वृद्धि भई  रु.१०१०.३३ अर्व  पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ६.१ प्रतिशत र ९३.९ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी १५.३ प्रतिशतले  वृद्धि भई रु ६१.२२ अर्व तथा कुल पैठारीमा २२.९  प्रतिशतले वृद्धि भई रु. ९४९.११ अर्व पुगेको छ । आ.व. २०७४/७५ को प्रथम आठ महीनाको अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः१४.५ रहेकोमा आ.व. २०७५/७६ को सोही अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः१५.५ रहन आएको छ ।

First Eight Months_glimpse 2075_76.pdf

First Eight Months_tables 2075_76.pdf