Trade Statistics [First eight months (Shrawan - Falgun) of Fiscal Year 2069/70]


व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०६९/७० को प्रथम आठ महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.२ प्रतिशतले वृद्धि भई रु.४४१.०९ अर्व पुगेको छ। कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ११.४ प्रतिशत र ८८.६ प्रतिशत रहेको छ। समीक्षा अवधिमा नेपालको कुल निकासी २.६ प्रतिशतले वृद्धि भई रु ५०.२२ अर्व तथा कुल पैठारीमा २४.० प्रतिशतले वृद्धि भई रु. ३९०.८७ अर्व पुगेको छ। आ.व. २०६८/०६९ को प्रथम आठ महीनाको अवधिमा निकासी― पैठारी व्यापारको अनुपात १:६.४ भएकोमा आ.व. २०६९/७० को सोही अवधिमा निकासी― पैठारी व्यापारको अनुपात १:७.८ पुगेको छ।
 


Download file for more information: