Trade Statistics (Annual trade data of fiscal year 2068/69)


आ. व.२०६८/६९ मा नेपालको वार्षिक वैदेशिक व्यापार वस्तुस्थिति


व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०६८/६९ को अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा २३.८ प्रतिशतले वृद्धि भई रु. ५७२.२५ अर्व पुगेको छ। कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः १२.९ प्रतिशत र ८७.१ प्रतिशत रहेको छ। समीक्षा अवधिमा नेपालको कुल निकासीमा १४.८ प्रतिशतले बृद्धि भई रु ७४.०९ अर्व तथा कुल पैठारीमा २५.३ प्रतिशतले वृद्धिभई रु. ४९८.१६ अर्व पुगेको देखिन्छ। आ.व. २०६७/०६८ अवधिमा निकासीपैठारी व्यापारको अनुपात १:६.२ भएकोमा आ.व. २०६८/०६९ मा निकासी पैठारी व्यापारको अनुपात १:६.७ रहेको तथ्यांकले देखाउँछ।

उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाँदीका गरगहनाहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल तथा जडिवुटी आदि प्रमुख रहेका छन्। समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैंचाको निर्यातमा २२.० प्रतिशतले बृद्धि भई रु. ६.०० अर्व, तयारी पोशाकको निर्यातमा ०.६220 ले ह्रास आई रु. ४.०६ अर्व, पश्मिना सलको निर्यातमा १६.७ प्रतिशतले बृद्धि भई रु. १.९१ अर्व हुन गएको छ। यसै गरी फलाम तथा स्टील र तिनका उत्पादनहरुको निर्यातमा ११.२ प्रतिशतले वृद्धि भै रु. ११.३२ अर्व, पोलिष्टर तथा अन्य धागोमा १४.० प्रतिशतले बृद्धि भई रु. ६.३२ अर्व, मुसुरोको दालमा २०.० प्रतिशतले ह्रास आई रु २.६८ अर्व पुगेको छ। समीक्षा अवधिमा रु. १.०४ अर्वको छाला, रु. ३.५० अर्वको अलैंची, रु. १.५७ अर्वको चिया, रु. ५०.७६ करोडको अदुवा, रु. ६०.३० करोडको चाऊचाऊ, रु. ८०.५४ करोडको जडिवुटी, रु. १.०९ अर्वको टुथपेष्ट, रु. ५.२२ अर्वको टेक्सटाइल, रु. ३९.७० करोडको हस्तकलाका सामानहरु, रु. ५६.६४ करोडको नेपाली हातेकागज, रु. २२.६३ करोडको चाँदीका गरगहनाहरु निकासी भएको देखिन्छ। साथै सो अवधिमा तरकारी (रु. ७.९० करोड), कफी (रु. ४.३१ करोड), पीना(रु. ७२.३४ करोड), धुप (रु.७.९५ करोड), सावुन (रु.२२.१६ करोड), इलेक्ट्रिक ट्रान्सफरमर पार्ट्स (रु. ३.८० करोड), सार तेल (रु. ७.६९ करोड) पनि उल्लेख्य रुपमा निकासी भएको देखिन्छ।

उक्त अवधिमा ऊनी गलैंचा निर्यात भएका प्रमुख देशहरुमा संयुक्त राज्य अमेरिका, जर्मनी, युके, क्यानडा, वेल्यिजम, अष्टे्रलिया र नेदरलेन्ड्स प्रमुख रुपमा रहेका छन्। यसै गरी तयारी पोशाकको प्रमुख बजारमा रुपमा संयुक्त राज्य अमेरिका, युके, फ्रान्स, जर्मनी, भारत, जापान र स्पेन आदि रहेका छन्। पश्मिना सल निर्यात भएका प्रमुख देशहरुमा जर्मनी, संयुक्त राज्य अमेरिका, फ्रान्स युके, इटाली, युएई र जापान, हस्तकलाका सामानहरुका मुख्य बजारमा संयुक्त राज्य अमेरिका, जर्मनी, ताइवान, भारत, फ्रान्स, जापान र इटाली, चाँदीको गरगहनाको प्रमुख बजारहरुमा संयुक्त राज्य अमेरिका, जापान, क्यानडा, जर्मनी, फ्रान्स, नेदरलेन्ड्स र चीन, चाऊचाऊको प्रमुख बजारमा भारत, चीन, मुसुरोका दालको प्रमुख बजारमा वंगलादेश, छालाका प्रमुख बजारमा इटाली र भारत तथा चियाको प्रमुख बजारमा भारत र जर्मनी रहेका छन्। अन्य वस्तुहरु जस्तै टेक्सटाइल, पोलिष्टर तथा अन्य यार्न, फलाम तथा स्टील र तिनका उत्पादनहरु, अलैंची, टुथपेष्ट, जुस, अदुवा आदिको प्रमुख बजारमा रुपमा भारत रहेको देखिन्छ। नेपालको निर्यात व्यापारमा प्रमुख साझेदार मुलुकहरुमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, बंगलादेश,संयुक्त अधिराज्य, फ्रान्स, चीन, इटाली, क्यानडा र जापान आदि रहेका छन्।

आ.व. २०६८।६९ मा नेपालमा पैठारी भएका प्रमुख वस्तुहरुमा अघिल्लो वर्षको तुलनामा फलाम तथा स्टील र तिनका उत्पादनहरुमा १७.७ प्रतिशतले वृद्धि भै रु. ४९.६४ अर्ब, पेट्रोलियम पदार्थमा २८.१ प्रतिशतले वृद्धि भई रु. ९७.०४ अर्ब, यातायातका साधन र तिनका पार्टपुर्जामा १.३ प्रतिशतले ह्रास आई रु. २३.९२ अर्ब, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीहरुमा १०.४ प्रतिशतले वृद्धि भर्ई रु. २१.३१ अर्ब, औषधीमा १७.० प्रतिशतले वृद्धि भई रु. १३.७२ अर्ब, मेशिनरी तथा पार्ट्समा १.२ प्रतिशतले ह्रास आई रु. २६.३४ अर्ब, पोलिथिन ग्रेन्युल्समा ७१.१ प्रतिशतले बृद्धि भई रु. १०.९० अर्ब, कच्चा पाम आयलमा ७.१ प्रतिशतले ह्रास आई रु. ३.७० अर्ब, दुरसञ्चारका सामाग्रीहरुमा ४.५ प्रतिशतले ह्रास आई रु. १०.१९ अर्ब, रसायनमा २८.१ प्रतिशतले बृद्धि भई रु. ६.१६ अर्ब भएको छ। यसैगरी समीक्षा अवधिमा रु. २५.७७ अर्ब बराबरकेा सुन, रु. ९.५० अर्ब बराबरकेा रासायनिक मल तथा रु. १.६३ अर्ब बराबरका हवाईजहाज तथा हवाईजहाजका पार्ट्स पैठारी भएका छन्। साथै सो अवधिमा सिमेन्ट क्लिङ्कर (रु. ६.९० अर्व), कच्चा भटमासको तेल (रु. १०.१३ अर्व), तयारी पोशाक (रु. ७.८५ अर्व), अन्न (रु. १३.४१ अर्व), ऊन (रु. २.५२ अर्व) पनि उल्लेख्य रुपमा पैठारी भएको देखिन्छ।

नेपालको पैठारी व्यापारमा भारत, चीन, युएई,थाइलेन्ड, इन्डोनेशिया, अर्जेन्टिना, मलेसिया, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र साउदी अरव आदि प्रमुख रुपमा रहेका छन्।

उपरोक्त तथ्याँकलाई विश्लेषण गर्दा नेपालको व्यापारघाटा निरन्तर रुपमा वृद्धि हुने क्रम जारी रहेको देखिन्छ। आर्थिक वर्ष २०६८/६९ मा अघिल्लो वर्षको तुलनामा व्यापार घाटा २७.४ प्रतिशतले बृद्धि भई नेपालको कुल व्यापारघाटा रु.४२४.०७ अर्व पुगेको छ।

 


Download file for more information: