Foreign Trade Statistics of Nepal [First five months (Shrawan-Marg) of Fiscal Year 2075-76]


नेपालको वैदशिक व्यापारको चालु आर्थिक वर्ष २०७५/७६ को प्रथम पाँच महिनाको  वस्तुस्थिति ।

नेपालको वैदेशिक व्यापारको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७५/७६ को प्रथम पाँच महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२.३ प्रतिशतले वृद्धि भई  रु. ६४४.५० अर्व  पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ५.८ प्रतिशत र ९४.२ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी १२.३ प्रतिशतले  वृद्धि भर्ई रु ३७.५० अर्व तथा कुल पैठारीमा ३३.८  प्रतिशतले वृद्धि भई रु. ६०७.०० अर्व पुगेको छ । आ.व. २०७४/७५ को प्रथम पाँच महीनाको अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १ः१३.६ भएकोमा आ.व. २०७५/७६ को सोही अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १ः१६.२ रहन आएको छ ।

First five months trade 2075_76.pdf

First five Months 2075_76.xls