Trade Statistics [First six months (Shrawan-Poush) of fiscal year 2069/70]


व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०६९/७० को प्रथम छ महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.३ प्रतिशतले वृद्धि भई रु.३२८.१२ अर्व पुगेको छ। कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ११.७ प्रतिशत र ८८.३ प्रतिशत रहेको छ। समीक्षा अवधिमा नेपालको कुल निकासी ४.१ प्रतिशतले वृद्धि भई रु ३८.२३ अर्व तथा कुल पैठारीमा २३.९ प्रतिशतले वृद्धि भई रु. २८९.८९ अर्व पुगेको छ। आ.व. २०६८/०६९ को प्रथम छ महीनाको अवधिमा निकासी― पैठारी व्यापारको अनुपात १:६.४ भएकोमा आ.व. २०६९/७० को सोही अवधिमा निकासी― पैठारी व्यापारको अनुपात १:७.६ पुगेको छ।


Download file for more information: