आ. व.२०७०/७१ को प्रथम दश महिना (श्रावण– बैशाख) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति  
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व.  २०७०/७१ को प्रथम दश महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो  वर्षको सोही अवधिको तुलनामा १८.५ प्रतिशतले वृद्धि भई रु.६५९.२० अर्व  पुगेको छ। कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ११.४ प्रतिशत र  ८८.६ प्रतिशत रहेको छ। समीक्षा अवधिमा नेपालको कुल निकासी १९.१ प्रतिशतले   वृद्धि भई रु ७५.२० अर्व तथा कुल पैठारीमा १८.५  प्रतिशतले वृद्धि भई रु.  ५८४.४० अर्व पुगेको छ। आ.व. २०६९/७० को प्रथम दश महीनाको अवधिमा निकासी―  पैठारी व्यापारको अनुपात १:७.८ भएकोमा आ.व. २०७०/७१ को सोही अवधिमा पनि  निकासी पैठारी व्यापारको अनुपात १:७.८ पुगेको छ।
 
Download file for more information: