Foreign Trade Statistics of Nepal [First six months (Shrawan - Poush) of Fiscal Year 2070-71]


आ. व.२०७०/७१ को प्रथम छ महिना (श्रावण– पौष) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७०/७१ को प्रथम छ महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.२ प्रतिशतले वृद्धि भई रु.३८०.०४ अर्व पुगेको छ। कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ११.९ प्रतिशत र ८८.१ प्रतिशत रहेको छ। समीक्षा अवधिमा नेपालको कुल निकासी १७.० प्रतिशतले वृद्धि भई रु ४५.२१ अर्व तथा कुल पैठारीमा १३.८ प्रतिशतले वृद्धि भई रु. ३३४.८३ अर्व पुगेको छ। आ.व. २०६९/७० को प्रथम छ महीनाको अवधिमा निकासी― पैठारी व्यापारको अनुपात १:७.६ भएकोमा आ.व. २०७०/७१ को सोही अवधिमा निकासी― पैठारी व्यापारको अनुपात १:७.४ पुगेको छ।
 


Download file for more information: