Foreign Trade Statistics of Nepal [First seven months (Shrawan-Magh) of Fiscal Year 2073-74]


आ. व.२०७३/७४ को प्रथम सात महिना (श्रावण – माघ) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति

व्यापार तथा निकासी  प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७३/७४ को प्रथम सात महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५२.३ प्रतिशतले वृद्धि भई  रु.५९९.४३ अर्व  पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.० प्रतिशत र ९३.० प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी ११.१ प्रतिशतले  वृद्धि भई आई रु ४२.२२ अर्व तथा कुल पैठारीमा ५६.८  प्रतिशतले वृद्धि भई भई रु. ५५७.२१ अर्व पुगेको छ । आ.व. २०७२/७३ को प्रथम सात महीनाको अवधिमा निकासी – पैठारी व्यापारको अनुपात १ः९.४ भएकोमा आ.व. २०७३/७४ को सोही अवधिमा निकासी – पैठारी व्यापारको अनुपात १ः१३.२ रहन आएको छ ।

Firstsevenmonth 2073-74.doc

FY 2073-74 First seven month.xls