Foreign Trade Statistics of Nepal [First nine months (Shrawan - Chaitra) of Fiscal Year 2070-71]


आ. व.२०७०/७१ को प्रथम नौ महिना (श्रावण–चैत्र) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति


व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७०/७१ को प्रथम नौ महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.१ प्रतिशतले वृद्धि भई रु.५९२.३९ अर्व पुगेको छ। कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ११.५ प्रतिशत र ८८.५ प्रतिशत रहेको छ। समीक्षा अवधिमा नेपालको कुल निकासी १९.९ प्रतिशतले वृद्धि भई रु ६८.२० अर्व तथा कुल पैठारीमा १९.० प्रतिशतले वृद्धि भई रु. ५२४.१९ अर्व पुगेको छ। आ.व. २०६९/७० को प्रथम नौ महीनाको अवधिमा निकासी― पैठारी व्यापारको अनुपात १:७.७ भएकोमा आ.व. २०७०/७१ को सोही अवधिमा पनि निकासी― पैठारी व्यापारको अनुपात १:७.७ पुगेको छ।
 


Download file for more information: