Foreign Trade Statistics of Nepal [First four months (Shrawan-Kartik) of Fiscal Year 2072-73]


आ. व.२०७२/७३ को प्रथम चार महिना (श्रावण – कार्तिक) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति 
 
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७२/७३ को प्रथम चार महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७.५ प्रतिशतले ह्रास आर्ई रु.१८१.४८ अर्व  रहन गएको छ। कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ११.५ प्रतिशत र ८८.५ प्रतिशत रहेको छ। समीक्षा अवधिमा नेपालको कुल निकासी ३०.५ प्रतिशतले  ह्रास आई रु २०.८५ अर्व तथा कुल पैठारीमा ३८.३  प्रतिशतले ह्रास आई रु. १६०.६३ अर्वमा सीमित हुन पुगेको छ। आ.व. २०७१/७२ को प्रथम चार महीनाको अवधिमा निकासी― पैठारी व्यापारको अनुपात १ः८.७ भएकोमा आ.व. २०७२/७३ को सोही अवधिमा निकासी― पैठारी व्यापारको अनुपात १ः७.७ रहन आएको छ। 

FY 2072-73 Four month.doc

FY 2072-73 First Four month.xlsx