Foreign Trade Statistics of Nepal [First eleven months (Shrawan-Jestha) of Fiscal Year 2071-72]


आ. व.२०७१/७२ को प्रथम एघार महिना (श्रावण – ज्येष्ठ) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति


व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७१/७२ को प्रथम एघार महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले वृद्धि भई रु.७७२.१३ अर्व पुगेको छ। कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः १०.१ प्रतिशत र ८९.९ प्रतिशत रहेको छ। समीक्षा अवधिमा नेपालको कुल निकासी ५.८ प्रतिशतले ह्रास आई रु ७८.०६ अर्व तथा कुल पैठारीमा ५.८ प्रतिशतले वृद्धि भई रु. ६९४.०६ अर्व पुगेको छ। आ.व. २०७०/७१ को प्रथम एघार महीनाको अवधिमा निकासी― पैठारी व्यापारको अनुपात १:७.९ भएकोमा आ.व. २०७१/७२ को सोही अवधिमा निकासी― पैठारी व्यापारको अनुपात १:८.९ पुगेको छ।
 


Download file for more information: