Foreign Trade Statistics of Nepal (Annual Trade Data for Fiscal Year 2072/73)


 आ. व.२०७२/७३ मा नेपालको वार्षिक वैदेशिक व्यापार वस्तुस्थिति

 
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७२/७३ को अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा २.२ प्रतिशतले ह्रास आई रु. ८५२.२९ अर्व मा सिमित भएको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ८.३ प्रतिशत र ९१.७ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासीमा १७.९ प्रतिशतले ह्रास आई रु ७१.१४ अर्व तथा कुल पैठारीमा ०.४% ले  ह्रास आई रु. ७८१.१५ अर्व पुगेको देखिन्छ । आ.व. २०७१/०७२ अवधिमा निकासी—पैठारी व्यापारको अनुपात १ः९.१ भएकोमा आ.व. २०७२/७३ मा निकासी— पैठारी व्यापारको अनुपात १ः११.० रहेको तथ्यांकले देखाउँछ ।