Foreign Trade Statistics of Nepal (Annual Trade Data for Fiscal Year 2069/70)


आ. व.२०६९/७० मा नेपालको वार्षिक वैदेशिक व्यापार वस्तुस्थिति

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०६९/७० को अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा १८.६ प्रतिशतले वृद्धि भई रु. ६७८.५६ अर्व पुगेको छ। कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ११.४ प्रतिशत र ८८.६ प्रतिशत रहेको छ। समीक्षा अवधिमा नेपालको कुल निकासीमा ४.४ प्रतिशतले वृद्धि भई रु ७७.३५ अर्व तथा कुल पैठारीमा २०.७220 ले वृद्धिभई रु. ६०१.२१ अर्व पुगेको देखिन्छ। आ.व. २०६८/०६९ अवधिमा निकासी―पैठारी व्यापारको अनुपात १:६.७ भएकोमा आ.व. २०६९/७० मा निकासी― पैठारी व्यापारको अनुपात १:७.८ रहेको तथ्यांकले देखाउँछ।
 


Download file for more information: